नियम २१
हेर्न नमिल्ने मुद्दा अर्को अदालतमा पठाउने
एक जना न्यायाधीश मात्र कार्यरत रहेको अदालतमा दायर रहेको कुनै मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १७६ तथा मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा २७१ को अवस्था परी हेर्न नमिल्ने भएमा त्यस्तो मुद्दा अर्को समानस्तरको अदालतमा स्थानान्तरणको लागि सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा लेखी पठाइ भएको आदेश बमोजिम गर्नु पर्नेछ ।